भलबाढ़ी पीड़ितहरूको जायजा लिन एसडीएफ अध्यक्ष पवन चामलिङको दौड़ाहा

n5473211561697305506897c6e72871de4ec25abcadaf307361404cf24dad52b2226c873a53f12e2cd259bc.jpg

गान्तोक: एसडीएफ अध्यक्ष पवन चामलिङले आज डिक्चुस्थित भलबाढ़ी प्रभावित स्थानहरूको दौड़ाहा गरे। यस क्रममा उनले डिक्चु विद्यालयमा अवस्थित राहत शिविरका पीड़ितहरूका समस्याहरूको जानकारी लिएको एसडीएफले प्रेस विज्ञप्तिमा जनाएको छ।

पीड़ितहरूले पनि आफूले भोगिरहेका समस्या तथा गुनासोहरू पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष चामलिङसमक्ष राखे। यसरी उनले जङ्गु निर्वाचन समष्टिको फिदाङका स्थानीय जनतालाई भेटी जनताका यावत समस्या तथा कठिनाइबारे जानकारी लिएको बताइएको छ।

यस अतिरिक्त, एसडीएफ अध्यक्ष चामलिङले आज लोअर साम्दोङका स्वर्गीय दावा छिरिङ लेप्चाका परिवारजनलाई भेटी समवेदना प्रकट गरे। ४० वर्षीय दावा छिरिङ लेप्चाले विनाशकारी भलबाढ़ीबाट अनेकौं मानिसहरूको ज्यान जोगाउने क्रममा आफ्नो प्राणको आहुति दिएका थिए।

आजको दौड़ाहाको क्रममा चामलिङले तिन्तेक, तुमिन- बराङका अन्य शोकाकूल परिवारहरूलाई पनि भेटी समवेदना प्रकट गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement