गोरुबथान: *हामी गोरुबथान खण्डका ११ जना स्वतन्त्र पन्चायत समिति सदस्य केही दिन अघि गेल खोला मा दुई पत्रकारमाथि भएको हातापाईको घटनाको घोर भर्त्सना जनाउँदछौ। समाजको निम्ति दिनरात निस्वार्थ भावमा लागिपर्ने पत्रकारमाथि यसरी हातापाई गर्नु एक लज्जास्पद विषय हो। गणतन्त्र देशमा यसरी खुलेआम पत्रकारलाई कुटेर गणतन्त्रको धज्जी उडाएको छ।यस घटनाबाट प्रश्न गर्ने पत्रकार, विपक्षी तथा सचेत नागरिक पनि सुरक्षित नरहेको अनुभव हामी गरिरहेका छौ।प्रशासनले कसैको प्रभावमा नपरि चाँडोभन्दा चाँडो दोषीहरुलाई सजाय दिनुपर्छ भन्दै हामी ११ जना पन्चायत समिति सदस्य अपिल गर्दछौ तथा पिडित पत्रकारको न्यायको मांग पनि गर्दछौ।*
*धन्यबाद*
१. श्री पेमा दोर्जे मोक्तान (रंगो ग्राम पन्चायत PS – 05)
२ श्री मन कुमार सुब्बा (आहाले ग्राम पन्चायत PS-19)
३ श्रीमती करुणा छेत्री (पोख्रेबुङ ग्राम पन्चायत PS – 16 )
४. श्रीमती हेमा राई ( निम ग्राम पन्चायत PS-14)
५. श्रीमती लीना लेप्चा (दालिम ग्राम पन्चायत PS-18)
६. श्रीमती छेडोलमा शेर्पा (साम्सिङ ग्राम पन्चायत PS-10)
७. श्रीमती अमृता तामाङ (कुमाई ग्राम पन्चायत PS- 08)
८. श्रीमती याङलहमु शेर्पा (रंगो ग्राम पन्चायत PS-07)
९. श्रीमती एमू गुरूङ (पाटेन गोदक ग्राम पन्चायत PS – 03)
१०. सुश्री लाल माया क्षेत्री (तोदे ताङत्ता ग्राम पन्चायत PS- 01)
११. श्रीमती विनिफ्रेड लेप्चा ( तोदे ताङत्ता ग्राम पन्चायत PS- 02)