क्रिकेट विश्वकप २०२३: भारतीय बलरको अघि पाकिस्तान धरासयी, १९१ रनमा समेटियो

India-vs-Pakistan

अहमदाबाद: गुजरातको नरेन्द्र मोदी स्टेडियममा जारी विश्वकप २०२३ को खेलमा पाकिस्तानी क्रिकेट टोलीले भारतीय बलरसामु घुँडा टेक्नु पर्यो। टस हारेर पहिले ब्याटिङ गर्न आएको पाकिस्तानी टोली पूरा ५० ओभर पनि मैदानमा टिक्न सकेन। पाकिस्तानी ब्याट्सम्यान ४२.५ ओभरमा १९१ रनमा अलआउट भए। भारतीय बलरले निकै राम्रो बलिङ गरे। जसका अगाडि पाकिस्तानका ब्याट्सम्यानले सफलता पाउन सकेनन्।

खेलमा भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे। भारतीय बलरहरूले कप्तानको निर्णय सही साबित गरे। जसप्रित बुमराह र मोहम्मद सिराजले कडा बलिङ गरे। पाकिस्तानलाई ४१ रनको स्कोरमा सिराजले पहिलो विकेट लिए। उनले अब्दुल्ला शफिकलाई एलबीडब्ल्यु मार्फत टीम इण्डियालाई पहिलो सफलता दिलाए। यसपछि हार्दिकले ७३ रनको स्कोरमा टीम इन्डियालाई दोस्रो सफलता दिलाए। उनले इमाम उल हकलाई केएल राहुलको हातमा कैच गराएर पाकिस्तानलाई ठूलो झट्का दिए। इमाम आउट भएपछि पाकिस्तानका दुई अनुभवी ब्याट्सम्यान बाबर आजम र मोहम्मद रिजवान क्रिजमा थिए। दुवैले पाकिस्तानी इनिङ्सलाई सम्हाल्ने प्रयास गरे तर भारतीय बलरले त्यसो हुन दिएनन्। एसिया कपका नायक सिराजले बाबरलाई पाकिस्तानले बोल्ड गर्दै ठूलो झटका दिए। बाबर ५० रन बनाएर आउट भए। यसपछि कुलदीप यादवले आफ्नो प्रतिभा देखाए। रोहितले कुलदीपलाई २०औं ओभरअघि नै बलिङ गर्न ल्याएका थिए तर उनको जादु ३३औं ओभरमा देखियो। कुलदीपविरुद्ध पाकिस्तानका ब्याट्सम्यानलाई रन बनाउन गाह्रो भइरहेको थियो। पाकिस्तानमाथि दबाब बढिरहेको थियो र कुलदीपले त्यसको फाइदा उठाए। उनले साउद शकीललाई ६ रनमा आउट गरे। त्यसपछि सोही ओभरमा इफ्तिकारलाई कुलदीपले बोल्ड गरेका थिए।

पाकिस्तानको सम्पूर्ण इनिंग्स १९१ रनमा समेटियो। उनले पूरा ५० ओभर पनि खेल्न सकेनन्। बाबरको सम्पूर्ण टोली ४२.५ ओभरमा मात्रै प्याभिलियन पुगे। त्यतिबेला पाकिस्तानको स्कोर २ विकेटको क्षतिमा १५५ रन थियो। उनले अन्तिम ८ विकेट ३६ रनमा मात्र गुमाए। बाबर आजमले सर्वाधिक रन बनाए। उनले ५० रनको इनिंग्स खेले। रिजवानले ४९ रन बनाए। टीम इण्डियाका लागि बुमराह, जडेजा, कुलदीप, सिराज र हार्दिकले २–२ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *