हमासले आक्रमण गरेपछि ‘खाँदाखाँदै थाल समातेर बङ्करभित्र भाग्यौँ’

IMG-20231014-WA0140

प्यालेस्टाइनी लडाकु समूह ‘हमासको आतंक’ छिचोल्दै इजरायलबाट शुक्रबार एकाबिहानै जन्मभूमि फर्किएका दर्जनौँ नेपालीमध्ये एक हुन्– किशोर। एघार महिना इजरायलमै बस्नेगरी गएका उनी ‘एक महिना नपुग्दै खाली हात’ काठमाडौँ ओर्लिएका छन्। किशोर मात्र फर्किएनन् नेपाल, उनीजस्ता २ सय ५४ नेपाली विद्यार्थीहरू ‘मध्यपूर्वको द्वन्द्व छल्दै’ चैनको सास फेर्न आइपुगे– देशमै। दशैँको मुखका ‘दशा’ बनेर आइलागेको ‘इजरायल–हमास युद्ध’ले नेपालीहरूलाई नराम्रोसँग हल्लाएको छ। काम खोज्दै इजरायल गएका सयौँ नेपालीहरू ‘युद्धभूमिमै’ अलपत्र छन्। नेपाल सरकार र अन्य सामाजिक संघ–संस्थाको पहलमा २ सय ५४ विद्यार्थीहरू नेपाल फर्किएका छन्। ग्रिनेडको छर्राबाट घाइते तीनजनाको जेरुसलममै छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। र, अन्य दशजना नेपाली विद्यार्थीले ‘आतंकवादी हमास’को आक्रमणबाट गत शुक्रबार ज्यान गुमाए। नेपालीहरूको मृत्युपछि परिवार र आफन्तकोमा रुवाबासी चलेको छ। देशमा सन्नटा छाएको छ।

‘आंतकवादी’हरूले अघिल्लो हप्ता इजरायलमाथि एकाएक आक्रमण गर्दा नेपाली विद्यार्थी किशोर उत्तरपट्टी थिए। तर, हानाहान भइरहेको थियो गाजापट्टी। र, ’बेस्सरी आतंक‘ फैलिँदैथियो देशभर। अघिल्लो शुक्रबार यहूदीहरू धर्म–उत्सवमा थिए। सूर्य अस्ताएपछि ‘झण्डै २५ घण्टा’ शनिबार सूर्य नअस्ताउन्जेल ‘सब्बात’को समय थियो। यहूदीहरू ‘सब्बात’मा सबै कामकाज भुलिदिन्छन्। बाँकी दिनहरूमा चाहीँ निकै काम गर्छन्। इजरायलीहरूका लागि शुक्रबार छुट्टीको समय थियो। मानिसहरू ‘सब्बात’ मनाइरहेका थिए। तर, त्यो मौन–समयको मौका छोपेर ‘आतंकवादी हमास’ले जल, जमिन र आकाशबाट गाजापट्टी आक्रमण गर्‍यो। शनिबार देशभर युद्ध फैलियो। ‘इजरायल–हमास’ युद्धको नमिठो कथा नेपालीहरूका लागि पुरानै कथा हो। तर शुक्रबार हमासले गरेको आक्रमण र त्यसपछि इजरायल सरकारले घोषणा गरेको युद्धले चाहिं चाहिँद नेपालीसमेत ‘त्यो युद्धको चपेटा’मा परे।

कालीकोटका धनकृष्ण आचार्य अर्थात् ‘किशोर’ इजरायलले युद्धको एलान गर्दा लेबनानलाई नियलिरहेका थिए। उनी गाजापट्टी बमबारी हुँदा बङ्करभित्रै थिए। दर्जनौँ साथीहरूसँग थुनिएर बङ्करभित्र बस्दा र बेलाबेला झस्काउने साइरनका अनेकौँ किस्सा छन् उनीसित। किशोर आफू नेपाल फर्किएकोमा खुशी छन्। तर आतंकवादीहरूको क्रूर आक्रमणबाट साथीहरू गुमाउँदा दुःखी छन्। हमास लडाकूहरूले बङ्करभित्र छिरेरै ग्रिनेड फ्याँक्दा गाजापट्टीका नेपालीहरूले ज्यान गुमाएको धेरैपटक सुनेका छन् उनले। तर त्यो दृश्य उनी आफैंले भने देखेका होइनन्। इजरायल युद्धको सनसनीपूर्ण खबर सबैतिर फैलिँदाको क्षण याद गर्छन् उनी– ‘साउथमा निकै आतंक थियो। नर्थतिर त्रास मात्र थियो। हामीहरू भने काममा गर्यौं। बिहान ४ घण्टा काम गरेपछि खाना खाँदैथियौँ। एकाएक साइरन बज्यो। खाँदाखाँदै थाल समातेर बङ्करभित्र भाग्यौँ।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *