असम गण परिषदको ३९औं स्थापना दिवस समारोह आयोजित

1500x900_485498-capturefsdsf.jpg

गाेलाघाट: आज असमको पहिलो क्षेत्रीय राजनीतिक दल असम गण परिषद (अगप) को ३९औं स्थापना दिवसको अवसरमा राज्यभरिमा अगपका कार्यालयहरूमा समारोहको आयोजना गरियो। स्थापना दिवस समारोह पार्टीको जन्मस्थान गोलाघाटमा केन्द्रिय रूपमा आयोजित गरिन्दैछ।

यो गोलाघाटको समन्वय क्षेत्रमा आयोजित गरिन्दैछ। कार्यक्रमको उद्घाटन अगप नेताहरूले बिहान आठखेलिया नामघरमा दियो बालेर गरे।

यसपछि बिहान १० बजीदेखि शहीद तर्पण र नेताहरूलाई श्रद्धाञ्जली र ११ बजीदेखि खुल्ला सभाहरू आयोजना गरियो। यस अवसरमा पार्टीका प्रदेश अध्यक्ष तथा असम सरकारका मन्त्री अतुल बोरा, पार्टीका उपाध्यक्ष तथा असम सरकारका मन्त्री केशव महन्त एवं पार्टीका वरिष्ठ नेता फणिभूषण चौधरीका साथै भारी संख्यामा पार्टीका नेता एवं कार्यकर्ताहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement