प्रधानमन्त्री मोदीलाई मन्त्रमुग्ध बनायो आदि कैलाश र जागेश्वर धाम यात्राले, कुमाउँ क्षेत्रमा बढ़्यो पर्यटनको सम्भावना

n54726337216972940483752b10efc557f5ad3c80a21b2ce70c796d6799983f6e11f2aa2705d5b0f8cc2c52.jpg

देहरादून: उत्तराखण्डको एक दिवसीय कुमाउँ दौड़ाहबाट फर्केका प्रधआनमन्त्री नरेन्द्र मोदीको आदि कैलाश अनि जोगेश्वर धामको यात्रा उनको जीवनको ऐतिहासिक यात्राहरूमा सामेल भएको छ।

उक्त मन्तव्य प्रधानमन्त्री मोदी स्वयंले आफ्नो आधिकारिक सोशल मीडिया अकाउण्ट एक्समा साझा गरेका छन्। यसबाट अब कुमाउँ क्षेत्रमा पनि पर्यटन बढ़्ने सम्भावना प्रबल भएको छ। प्रधानमन्त्री मोदी दुई दिनअघि गत १२ अक्टोबरमा कुमाउँ क्षेत्रको यात्रामा गएका थिए।

प्रधानमन्त्रीले आदि कैलाश औ जागेश्वर धाम यात्राबाट मन्त्रमुग्ध भएर लेखेका छन्, “यदि कसैले मलाई सोधे- उत्तराखण्डको कुनै एउटा ठाउँलाई अवश्य हेर्न चाहनुहुन्छ भने कुन ठाउँलाई रोज्नुहुन्छ? म भन्नेछु, कुमाउँ क्षेत्रको पार्वती कुण्ड र जागेश्वर मन्दिरलाई अवश्य हेर्न चाहन्छु। प्राकृतिक सुन्दरता र दिव्यताले तपाईहरूलाई मन्त्रमुग्ध पार्नेछ।”

प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो पोस्टमा लेख्छन्- “बेशक, उत्तराखण्डमा घुम्ने योग्यका प्रसिद्ध स्थलहरू धेरै छन्। मैले पनि प्रायजसो उत्तराखण्डको भ्रमण गरेको छु। यसमा केदारनाथ र बदरीनाथको पवित्र स्थल सामेल छ जुन सबैभन्दा स्मरणयोग्यको अनुभव हो। तर धेरै वर्षपछि पार्वती कुण्ड र जागेश्वर मन्दिरमा फर्किनु विशेष रह्यो।”

अर्कोतिर प्रधानमन्त्री मोदीको पोस्टको जवाफस्वरूप प्रदेशका मुख्यमन्त्री पुष्कर सिंह धामीले प्रदेशवासीहरूको तर्फबाट आभार प्रकट गर्दै लेखे- “आदरणीय प्रधानमन्त्रीजी तपाईको कुशल नेतृत्व एवं मार्गदर्शनमा देवभूमि उत्तराखण्ड धार्मिक, आध्यात्मिक एवं साहसिक पर्यटनको क्षेत्रमा नित्य नयाँ आयाम थप्दै गइरहेको छ। तपाईको भिजन अनुरूप रोड, रेल र रोपवे निर्माणको माध्यमबाट श्रद्धालुहरूको आवागमनलाई सुविधाजनक बनाइँदैछ।”

मुख्यमन्त्री धामी फेरि लेख्छन्- “प्रधानमन्त्रीजीको आदि कैलाश, पार्वती कुण्ड औ जागेश्वर धामको ऐतिहासिक भ्रमणले यी पवित्र स्थलहरूलाई नयाँ पहिचान मात्र प्राप्त भएन जबकि स्थानीय मानिसहरूको समृद्धिको मार्ग पनि प्रशस्त भएको छ। मानसखण्ड मन्दिर माला मिशनलाई वैश्विक पहिचान दिलाउने एवं देवभूमि उत्तराखण्डप्रति तपाईको असीम स्नेह र प्रेमको निम्ति समस्त प्रदेशवासीहरूको पक्षबाट आभार।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement