जीटीएको चैकीमा बस्ने दाजूले एउटा भूल लुकाउन अर्को भूल गर्दैछ: एडवाडर्स
दार्जीलिङ: पिडित पत्रकारहरूको पक्षमा खडा भए अजय एडवाडर्स। गत केही दिन अधि कालेबुङको दुई पत्रकारहरूमाथि कुटपीट गर्ने कार्यहरू भएको थियो। उक्त घटनालाई लिएर पहाडको पत्रकारहरू ले आ-आफ्नो प्रकारले विरोध जनाउने कार्यहरू गर्दै आई रहेको छ।यसैक्रममा आज कालेबुङको पत्रकारहरूले सामुहिक रूपमा पुलिस थानामा प्राथमिकी दर्ता गर्ने कार्य गरिएको छ। यसै संदर्भमा हाम्रो पार्टीको संस्थापक अध्यक्ष एंव सभासद अजय एडवाडर्सले पत्रकाहरूलाई सम्बोधन गर्दै जीटीए चीफको चैकीमा बस्ने दाजुले एउटा भूललाई लुकाउँन अर्को भूल गर्ने कार्य गरेको तिनले बताए। गणतन्त्रमा पे्रसको महत्व पूर्ण भूमिका हुन्छ साथै विपक्षीको पनि तर पहाडमा पे्रसको स्वतन्त्रतालाई हनन गर्ने कार्यहरू भई रहेको छ साथै विपक्षीलाई मास्ने कार्यहरू पनि भई रहेको छ जो एकदमै उचित होइन एडवाडर्सले भने। चूनावको परिणाम पछि पत्रकार मनोज बोगटीले हाम्रो पार्टीलाई अब सकियो समेत भनेका थिए तर हामीले उसलाई केही भनेनौ किन त्यो उसको अधिकारभित्रको विषय हो अध्यक्ष एडवाडर्सले भने।मनोजसंग कुनै चोरी धन छैन, सिलगढी, नेपालमा विल्डिङ एंव सम्पति छैन। ती सम्पतिहरू लुकाउनु पर्छ भन्ने उसलाई कसैको डर छैन। त्यसैले उनीहरूले सत्यलाई निर्धक्कसंग जनता समक्ष राख्ने कार्यहरू गरी रहेको छ तिनले भने। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्ससंग पार्टीको केन्द्रीय उपाध्यक्ष एंव सभासद रोवर्ड छेत्री, सभासद सन्नी बम्जन आदि उपस्थित थिए।