मिरिक: अल इण्डिया बुदिष्ट फाेरम मिरिक शाखाले शनिबार मिरिक जाम्बुलिङ गुम्बामा सभा गरेर बुद्ध गयामा आगमी २६ नोभेम्बरमा शान्ति र्याली गर्ने निर्णय लिएको छ। बीबी स्याङदेनको अध्यक्षता अनि उपाध्यक्ष एम के योन्जनको संचालनमा भएको सभामा फोरमका महासचिव आकाश लामा, डिगम गोले, सह सचिव डा. कमला तामाङ, मिरिक शाखा अध्यक्ष मणि जोशी लगायत फोरम अधिनस्थ विभिन्न संघ संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुरा गर्दै फोरमका महासचिव आकाश लामाले बुद्धगया बौद्ध धर्मावलम्बीहरूको पवित्र धार्मिक स्थल हो। जसको संचालन समितिमा बौद्ध धर्मावलम्बीहरू नै हुनपर्छ भन्ने हाम्रो माग छ। यही मागमा हामीले २६ नोभेम्बरमा शान्ति र्याली गर्ने निर्णय गरेका हौँ भन्दै यो मागमा हामीले बिहारका मुख्यमन्त्री लगाययत अन्य निकायहरूमा पनि पत्रचार गरिसकेका छौँ। धर्मगुरू दलाई लामासित पनि भेट गरिसकेका छौँ भने। तिनले बुद्धगयामा हुने शान्ति र्यालीमा भारतभरिका बौद्ध धर्मावलम्बीहरू उपस्थित हुने जानकारी गराँउदै बुद्धगया संचालन समितिमा नौजना सदस्यहरू रहने तर हाल उक्त नौजना सदस्यमा चार जना बौद्ध धर्मावलम्बी अनि अन्य पाँच जना अन्य समुदायको रहेको छ। हामी चाहन्छौं संचालन समितिमा सबै बौद्ध धर्मावलम्बीहरू नै होस्। २६ नोभेम्बरको र्यालीपछि हामी अघिल्लो कार्यक्रमको रूपरेखा तयार पार्नेछौँ भने।