आजदेखि मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा पूजा पण्डलको उद्घाटन

PTI10_12_2023_000185B.jpg

कोलकाता: आज महलयाको दिनदेखि मुख्यमन्त्रीले भर्चुअल मोडमा पूजा पण्डलहरूको उद्घाटन गर्ने छिन्। यसअघि शुक्रबार मन्त्री अरूप विश्वास, मन्त्री तथा कोलकाता नगरपालिकाका मेयर फिरहाद हाकिम, मन्त्री इन्द्रनिल सेनले पूजा आयोजकहरूसँग भेट गरे। यस बैठकमा पुलिस आयुक्त विनीत गोयल र लालबजारका पुलिस अधिकारीहरू उपस्थित थिए। पुलिस स्रोतका अनुसार मुख्यमन्त्रीले ५० भन्दा बढी पूजाको उद्घाटन गर्ने कार्यक्रम छ। यस दिन अलिपुरको एक सभाघरमा ती पूजा आयोजकहरूसँग भेटघाट भयो। पुजा समितिहरु मातहत रहेका पुलिस थानाका ओसीहरु पनि बैठकमा उपस्थित हुन्छन्। पूजाको उद्घाटन कहिले र कति बजे हुने भन्ने बारे पूजा आयोजकलाई पहिल्यै जानकारी गराइएको छ। भर्चुअल उद्घाटनका लागि पूजा पण्डलमा जाइन्ट स्क्रिन कहाँ राख्ने, जाइन्ट स्क्रिनबाट पूजा समितिका सदस्यहरू कति दूरीमा बस्ने, प्राविधिक रूपमा भर्चुअल विधिबाट के गर्नुपर्छ भन्नेबारेमा पूजा आयोजकलाई जानकारी गराइयो। पूजा आयोजकलाई कुनै समस्या परेमा पुलिस चौकीमा सम्पर्क गर्न भनिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement