गान्तोक। मल्ली पुलिसले एक व्यक्तिलाई ब्राउन शुगरको साथमा पक्राउ गरेको छ। आरोपित व्यक्तिलाई मंगलवार मल्ली चेकपोस्टमा प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरिएको हो।
पुलिस अनुसार, पक्रा पर्ने उक्त व्यक्तिको नाम चन्दन प्रसाद हो। ३२ वर्षीय प्रसाद उत्तर प्रदेशको बलिया निवासी हुन् भने अहिले सोरेङ जिल्ला अन्तर्गत नयॉं बजारमा बस्दै छन्।
पुलिसले छानबिनको क्रममा आरोपित व्यक्तिबाट २०.६१ ग्राम ब्राउन शुगर बरामद गरेको छ। उनले ३६ वटा सा-सानो प्लास्टिकको थैलोमा उक्त नशालु पदार्थ पोको पारेर राखेका थिए। आरोपित व्यक्तिले आफुले लगाएको अण्डरवियरभित्र उक्त पदार्थ लुकाएका थिए।
पुलिसले आरोपित व्यक्ति विरूद्ध एनडीपीएस अधिनियम, १९८५ अन्तर्गत मामिला दर्ता गरेको छ।