गान्तोक: सिक्किम एथलेटिक्स एसोसिएशनले आगामी १७-१९ अक्टोबरसम्म पश्चिम बंगालको कलकत्तामा सम्पन्न हुने ३४औं इस्ट जोन एथलेटिक्स मिटमा २३ जना खेलाडीहरूलाई भोलि कलकत्ता पठाउने भएको छ। यसै विषयलाई लिएर आज सिक्किम एथलेटिक्स एसोसिएशनको एक सभा सम्पन्न भयो, जसमा संस्थाले खेलाडीहरूलाई प्रेरित गर्दै उनीहरूको सफलकाको कामना गरेको छ। सो सभामा संस्थाका उपाध्यक्ष, महासचिव लगायत वरिष्ठ सदस्यहरूको पनि उपस्थिति रहेको थियो। उक्त टोलीसँग कोच र आरबी सुब्बा पनि भोलि कलकत्ता प्रस्थान गर्ने भएको छ। खेलाडीहरूको निम्ति सम्पूर्ण व्यवस्था संस्थाले मिलाएको जानकारी गराइएको छ।