सिलगढी: पितृपक्ष अर्थात् सोह्र श्राद्धको अन्तिम दिन आज पितृहरूलाई तर्पण दिनको लागि सिलगढीको विभिन्न नदी घाटहरूमा मानिहरूको निक्कै भीड देखियो। प्रत्येक वर्ष झैँ यस वर्ष पनि सिलगढीको लालमोहन मौलिक निरञ्जन घाटमा पितृपक्षको समापनको दिन तर्पण दिने मानिसहरूको निक्कै भीड जमेको थियो। यस अवधि मानिसहरूले रीति रिवाज अनुसार पुजापाठ गरेर पितृहरूलाई तर्पण दिए।