कोकराझार सड़क दुर्घटनामा छात्रको मृत्यु

00-1-Rajya-Samachar-2

काेकराझार: कोकराझारको मोकरापारामा शुक्रवार राति भएको बाइक दुर्घटनामा एक छात्रको मृत्यु भयो। पुलिस अनुसार, दुर्घटना हिजो राति त्यस समय भयो जब मृतक शहरबाट मेला हेरेर घर फर्किरहेको थियो।

मोकरापारामा उसको बाइक बिजुलीको खम्बासित ठोकिन पुग्यो। दुर्घटनामा छात्र जयदीप नाथ (१८) को मृत्यु भयो। जबकि एक अन्य सवार पंकज नाथ (१६) घाइते भयो।

दुवै धुबड़ी जिल्लाको सापटग्राम पुलिस स्टेशन अन्तर्गत साशरगाउँको निवासी थिए। दुर्घटना एउटा वाहनलाई ओवरटेक गर्ने क्रममा भएको हो।

दुर्घटनापछि दुवैलाई कोकराझारको आरएनबी अस्पतालम भर्ती गराइयो। तर डाक्टरहरूले एकलाई मृत घोषित गरे। मृतक जयदीप नाथ स्नातक प्रथम वर्षको छात्र थियो। पंकज नाथको कोकराझारको आरएनबी अस्पतालमा उपचार भइरहेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *