अपरेशन अजय: इजरायलबाट २३५ भारतीयहरूलाई लिएर विमान दिल्ली आइपुग्यो

IMG-20231014-WA0229.jpg

नयाँ दिल्ली: केन्द्र सरकारको अपरेशन अजय अन्तर्गत तनाउग्रस्त इजरायलबाट २३५ भारतीय नागरिकहरूलाई लिएर दोस्रो विमान आज बिहान नयाँ दिल्ली आइपुग्यो। विदेश राज्यमन्त्री राजकुमार रञ्जन सिंहले हवाईअड्डामा सबैलाई स्वागत गरे।

हमासले इजरायलमाथि आक्रमण गरेपछि त्यहाँको स्थिति लगातार गम्भीर हुँदै गइरहेको छ। दुवैमाझ गत सात अक्टोबरदेखि युद्ध जारी छ।

भारतले इजरायलमा फसेका आफ्ना नागरिकहरूलाई सुरक्षित स्वदेश फर्काउनको लागि अपरेशन अजय शुरू गरेको छ। यस अपरेशनको पहिलो चरणमा यात्रीहरूको पहिलो दल गए शुक्रवार बिहान भारत आइपुगेको थियो। गए शुक्रवार राती ११:०२ बजे इजरायलको राजधानी तेल अवीवबाट भारतीयहरूको दोस्रो दललाई लिएर विमान उड़ेको थियो जुन आज बिहान नयाँ दिल्ली आइपुगेको छ।

इजरायलको सफेडस्थित इलान यूनिभर्सिटीबाट पीएचडी गरिरहेका भारतीय छात्र सूर्यकान्त तिवारीको भनाइ छ, इजरायलमा डरको परिवेश छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *