महलया, पितृपक्षको अन्त्य र देवी पक्षको प्रारम्भसँगै नदीघाटमा तर्पण अर्पणका लागि जम्यो भीड़

Screenshot_20231014_143926_WhatsApp.jpg

जलपाईगढ़ी। आज महलयासँगै पितृ पक्ष समाप्त भई देवी पक्ष सुरु भएको छ। आज बिहानैदेखि जलपाईगढ़ी राजबाड़ीको घाटलगायत विभिन्न नदी पोखरी घाटमा तर्पण चलिरहेको छ। रातिदेखि नै विभिन्न क्षेत्रका मानिसहरु आफ्ना पुर्खाको दर्शन गर्न नदीघाटमा भेला हुन थालेका थिए। आज बिहान महलया सुरु हुनेबित्तिकै चारैतिर पटेकाको आवाज गुन्जिन थालेको थियो। जलपाईगढ़ीका युवाहरू महलयाको बिहानैदेखि पटेका पड़काउँदै रमाइलो गरेको देखिएको थियो। बिहानैदेखि जलपाईगढ़ी गौशाला देवी चौधुरानी मन्दिरलगायत विभिन्न मन्दिरमा भक्तजनको भीड लागेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement