सिलगढ़ी नगर निगमको नयाँ भवनको उद्घाटन

IMG-20231014-WA0183.jpg

सिलगढ़ी। सिलगढ़ीका मेयर गौतम देवले सिलगढी नगर निगमको नयाँ भवनको केही कोठाको उद्घाटन गरे। आजदेखि मेयर र मेयर परिषदका केही नवनिर्मित बहुतले कोठामा बसेर यहीँबाट काम सञ्चालन गर्ने बताईएका छन्। शनिबार घरहरुको औपचारिक उद्घाटन गरिएको बताईएको छ। पुरानो भवन लगभग जीर्ण अवस्थामा रहेको र समयसँगै ठाउँको अभाव भएकाले सिलगढ़ी नगर निगमको यो नयाँ बहुतले भवन निर्माण बाम शासनको अवधिदेखि सुरु भएको तर, विभिन्न कारणले उक्त भवनको काम रोकिएको थियो।

पछि, तृणमूलको नेतृत्वमा नयाँ बोर्डको गठनसँगै, यो बहुतले डिजाइनको रेखाचित्र नयाँ तरिकाले बनाइएको थियो। भुइँ तल्लासहित चारतले निर्माण कार्य अझै जारी छ र शनिबार केही कोठाहरु खोलिएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement