जलपाईगढ़ी। टिस्टामा अझै पनि मोर्टार गोलाहरू फेला परेका छन्। नदीमा निषेधाज्ञाका कारण र प्रशासनको निर्देशनपछि जलपाईगढ़ी तर्पण समितिले आफ्नो निर्णय परिवर्तन गरेका छन्। सदस्यहरूले टिस्टा नदीको सट्टा छिमेकमा रहेको पोखरीमा तर्पण दिने निर्णय गरे। त्यही निर्णय अनुसार जलपाईगढ़ी तर्पण समितिका सदस्यहरू शनिबार बिहान जलपाईगढ़ी सहरको वार्ड नम्बर १४ मा रहेको पाण्डपाडा पञ्चायत पोखरीमा भेला भएर त्यहाँ उनीहरुले तर्पण गरे। यसका साथै हरेक साल झै यस पटक पनि संस्थाका सदस्यहरुले तर्पण पश्चात् आवश्यकमन्दहरुलाई फलफुल तथा कपडा दान गरे। समितिका सदस्य जयदीप बन्दोपाध्यायले यो तर्पण समिति १५ वर्षअघि गठन भएको बताउँदै हरेक वर्ष टिस्टा जान्थ्यौँ तर यसपटक प्रशासनको प्रतिबन्धका कारण टिस्टा जान नसकेको बताए। तिनले आशा साँच्दै देवीको आशीर्वादले टिष्टा नदी छिट्टै सुरक्षित हुनेछ र अर्को वर्ष टिस्टामा फेरि तर्पण गर्नेछौं भनि जनाएका छन्। एसोसिएसनका अध्यक्ष जयन्त चक्रवर्तीले सिक्किममा बादल फुटेर वर्षा भएपछि टिस्टामा भीषण बाढी आएको र त्यसपछि एकपछि अर्को शव नदीमा तैरिन थालेको यसबाहेक सेनाका अनगिन्ती मोर्टार सेलहरू नदीमा छरिएको बताउँदै दिनहुँ शव र मोर्टार सेलहरू बरामद भइरहेकोले यस्तो अवस्थामा पुलिस प्रशासनले नदीमा प्रवेशमा रोक लगाएको जनाएका छन्।

अहिले नदी पनि प्रदूषित भएको छ त्यसैले यसपटक आफू प्रशासनको निर्देशनमा टिष्टा नदीमा नजाने बरु पाण्डापाड़ा कलोनीको पोखरीमा तर्पण गरेको जनाएका छन्। साथै हरेक साल झै यस पटक पनि गरिबहरुलाई आफ्नो क्षमता अनुसार फलफूल र कपडा दान गरेका थप जनाएका छन्।