राज्यपाल लक्ष्मण प्रसादको अध्यक्षतामा राजभवनका अधिकारीहरूको बैठक

00-1-Rajya-Samachar-2

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यको अध्यक्षतामा आज राजभवनका अधिकारीहरूसॅंग एक बैठक आयोजन गरियो। बैठक सिक्किममा अहिले आइपरेको प्राकृतिक प्रकोपले पुऱ्याएको क्षतिमाथि केन्द्रित थियो।

बैठकमा अहिलेसम्मको स्थिति र विभिन्न आंकडाहरूमाथि विस्तृत रूपमा चर्चा गरियो। राज्यपालले भने, यस आपदासॅंग लड्न र जनजीवनलाई सामान्य स्थितिमा ल्याउने राज्यमा चलिरहेको राहत कार्यको साथमा राजभवन अटल संकल्पका साथमा उभिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement