गान्तोक: मेघालय सरकारले सिक्किममा बाढी पीड़ितहरूको निम्ति मुख्यमन्त्री राहत कोषमा एक करोड़ रूपियॉं प्रदान गरेको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले यस सहायताको निम्ति मेघालयका मुख्यमन्त्री कनराड साङ्गमालाई सिक्किमका जनता र सिक्किम सरकारको तर्फबाट कृतज्ञता प्रकट गरेका छन्।
मेघालयका मुख्यमन्त्री साङ्गमा र मेघालय सरकारद्वारा प्रदान गरिएको सहयोगले विपत्तिबाट प्रभावितहरूको जीवनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ र उनीहरूलाई यो कठिन समयमा आशाको किरण प्रदान गर्नेछ भनी मुख्यमन्त्री तामाङले बताएका छन्। उनले मेघालयको सहयोगले सामूहिक प्रयासले सकारात्मक परिवर्तन ल्याउन सक्छ र पुनर्प्राप्ति प्रक्रियामा सहयोग पुऱ्याउँछ भन्ने विचारलाई सुदृढ बनाउँछ भनी बताएका छन्।