गान्तोक: राज्य सरकारको खाद्य सुरक्षा अधिकारी, सरसफाइ निरीक्षक र स्वास्थ्य शिक्षा अधिकारी सम्मिलित टोलीले आज नामफिङको प्रणामी मन्दिर, रेसेप सरकारी प्राथमिक विद्यालय र लिङ्कुटारको एनएचपीसी प्राइमरी स्कूलमा रहेको बाड़ राहत शिविरको भ्रमण गऱ्यो। भ्रमणअवधि अधिकारीहरूले सरसफाइसम्बन्धी मार्गदर्शन, खाद्य सुरक्षा मापदण्ड, फोहोरमैला व्यवस्थापन, खाद्यजन्य रोग तथा पानीजन्य रोगको रोकथामका बारेमा जानकारी गराए। यसको साथै अधिकारीहरूद्वारा भान्साको निरीक्षण र खाद्य पदार्थको भण्डारण पनि जाँच गरियो भने तिनैवटा राहत शिविरमा एप्रन र हेडगियर पनि वितरण गरियो।