फँसिएका पर्यटकहरूको उद्धार कार्य जारी

IMG-20231014-WA0001.jpg

पाकिम: ४ अक्टोबरको बाढ़मा सड़क मार्ग विच्छिन्न बनेर मंगन जिल्लाको लाचुङ, लाचेनमा फँसिएका स्थानीय अनि पर्यटकहरूलाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा निकाल्ने कार्य जारी रहेको छ। मौसम राम्रो भएपछि आज दिनभरि नै वायुसेनाको एमआई १७ अनि चिनोक हेलिकोप्टरमार्फत राहत अनि उद्धार कार्य गरियो। आज दिनभरिमा लाचेनबाट ४१ जना अनि लाचुङबाट २३ जना स्थानीय अनि लाचेनबाट ४५ जना अनि लाचुङबाट ४० जना सेनाका जवान, लाचेनबाट ७४ जना र लाचुङबाट १५ जना श्रमिकहरू अनि ५ जना एसएपीका जवानहरूलाई हेलिकोप्टरमार्फत पाकिम विमानस्थलमा ल्याउने कार्य भयो। यस अवधि लाचेन अनि लाचुङतर्फ फर्किएर जाने क्रममा ती हेलिकोप्टरहरू त्यहाँका नागरिकहरू अनि दुर्गम क्षेत्रहरूमा तैनाथ सेनाका जवान अनि अन्य एजेन्सीका प्रतिनिधिहरूको निम्ति आवश्यक राहत सामग्री पनि लगेर गएको थियो।

यसरी नै लाचेन अनि पेगोङबाट मोठ १०१ जनालाई वायुसेनाको हेलिकोप्टरमार्फत मंगन स्थित रिङघिम हेलिप्याडमा उतारियो। आजको राहत अनि उद्धार कार्य समाप्त भइञ्जेल २९ पर्यटक, ३० स्थानीय अनि ४२ श्रमिकहरूलाई रिङघिम हेलिप्याडमा लाचेन अनि पेगोङबाट निकालेर ल्याउन सफल बनेको छ। यसमध्ये ९२ जनालाई भारतीय वायुसेनाको हेलिकोप्टरमार्फत उद्धार गरियो भने ९ जनालाई सिक्किम ऊर्जाले ल्याएको भीटी ओएससी हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। जसमा भारतीय वायुसेनाको हेलिकोप्टरले ५ पटक अनि सिक्किम ऊर्जाको भीटी ओएससी हेलिकोप्टरले २ पटक मानिसहरू ओसार्ने कार्य गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement