चिया बगानहरुको बोनसको तेस्रो सभा पनि विफल

IMG-20230528-WA0320-5-300x172-4

दार्जिलिङ:आज तेस्रो पटक पनि दार्जिलिङको चिया बगानहरुको बोनसको सभा पनि बिफल भएको छ। आज दार्जिलिङ टी एसोसिएसनले बोनसको फैसला गर्नु दार्जिलिङमा सभा बोलाएको थियो। तर मालिक पक्षको नकरात्मक आचरणले गर्दा सबै युनियनहरुले सभा बहिष्कार गरेर निस्केको जानकारी पूर्व सांसद समन पाठकले दिएका छन्।उनले बताए अनुसार मालिकहरुले ३ घण्टा चर्चा गर्दा पनि ९% भन्दा बेसी नदिने भन्दा सबै युनियनहरु सभा छोडेर बाहिरिएका थिए। दशैंको मुखैमा आएर मालिकको यो व्यहार सम्पुटूर्ण मजदुरवर्गले असम्मान महसुस गरेको छ। तराई डुवर्समा १९% फैसला भइसके पनि दार्जिलिङको नहुनु दुर्भाग्यपूर्ण हो भनी पूर्व सांसद समन पाठकले बताएका छन्। उनले बताए अनुसार भोलि शनिवार सबै ट्रेड युनियनहरु बसेर आगामी आन्दोलनको रुपरेखा तयार पार्ने भएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement