दुईदिने नक् आउट फूटबल टुर्नामेण्ट हुने

IMG-20220716-WA0066.jpg

१६ जुलाईः यंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा बाघडुग्रामा दुईदिने फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। आउँदो २३ र २४ जुलाईको दिन हुने यस दुईदिने नाइन ए साइड नक् आउट फूटबल टुर्नामेण्टको आयोजन अलोकझारी-लालमान फूटबल मैदान (गोसाईपुर)-मा हुनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति पञ्जीकरण शुल्क ५००१ रुपियाँ तोकिएको छ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।
सम्पर्कः
अविनाश बर्मन ७००१०२३०८७
मिण्टु रोय ८९१८२९९८७५

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement