क्रामाकपा केन्द्रीय समितिद्वारा पत्रकारमाथिको कुटपीटमा प्रतिरोध

IMG-20231013-WA0291.jpg

पत्रकारमाथिको कुटपीटमा दोषीहरूलाई पुलिस प्रशासनले यथाशीघ्र समातेर कानूनी कार्वाही गर्नुपर्छ: अरूण घतानी

दार्जिलिङ: क्रामाकपा केन्द्रीय समितिले आज दार्जिलिङमा पत्रकार सम्मेलन बोलाएर पत्रकार हमलाको प्रतिरोध जनाएको छ। क्रामाकपाको तर्फबाट केन्द्रीय प्रवक्ता अरूण घतानीले पत्रकारमाथिको कुटपीटमा दोषीहरूलाई पुलिस प्रशासनले यथाशीघ्र समातेर कानूनी कार्वाही गर्नुपर्छ भनी मांग गरेका छन्। यस विषयमा उनले भने, ‘पत्रकार हमलाको हामी क्रामाकपाद्वारा घोर भर्त्सना जनाउँदछौं। जनताको आवाज बनेर कार्य गरिरहेका पत्रकारहरूमाथि हमला गर्नेहरूलाई प्रशासनले यथाशीघ्र पक्राउ गरेर कानुनी कार्वाही गरिनुुपर्छ। गणतन्त्रको चौथो स्तम्भ हो पत्रकारिता। अाज पत्रकारहरू नै सुरक्षित छैन भने जनता कसरी सुरक्षित हुन्छ? जनताको आवाज बोक्ने पत्रकारहरूमाथि यसरी आक्रमण हुन्छ भने गणतन्त्र कसरी सुरक्षित हुन्छ? यो हमला दुईजना पत्रकारहरूमाथि मात्र हमला होइन तर जनताको अावाज दबाउने काम गरिएको हो।’
प्रवक्ता अरूण घतानीले पहाड़मा सत्ता दलले ल्याएको नयाँ सोच र नयाँ विचार भनेको यस्तै आक्रमण हो भनी प्रश्न गर्दै पहाड़मा २०१७ पछि राजनैतिक स्थिति अस्थिर छ भनी बताएका छन्। अरूण घतानीले पत्रकारहरूमाथि भएको हमलाको भिडियो भाइरल भएपछि सबैलाई थाहा छ तर उल्टै पत्रकारहरूमाथि एफआईआर गर्नु लज्जास्पद र निन्दनीय हो भनी बताएका छन्। उनले यस्तो घटना पहाड़मा अरू बेला भएको छैन भन्दै पत्रकारहरूले धारिलो हात हतियारले हमला गरेको भन्नु लाज पचाएर राजनीति गर्नु हो जुन एकदमै निम्न स्तरको राजनीति हो भनी बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *