अन्तिम म्याच पनि जितेर डुवर्स फूटबल एकाडमी नक् आउट चरणमा

IMG-20220716-WA0069.jpg

१६ जुलाईः गत २५ जूनदेखि शुरु भएको अलिपुरद्वार जिल्ला ए डीविजन फूटबल लीगमा हिस्सा लिने डुवर्स फूटबल एकाडमी (कालचिनी, अलिपुरद्वार जिल्ला)-को टीमले आफ्नो ग्रुपमा अन्तिम म्याच पनि जितेर नक् आउट राउण्डमा स्थान बनायो। डुवर्स एफए-का मुख्य प्रशिक्षक कुमार लामाले बताएअनुसार, शुक्रवार खेलिएको म्याचमा डुवर्स एफ.ए.-ले चिल्ड्रन्स स्पोर्टिंग क्लबलाई २-०-ले पराजित गऱ्यो। यस जीतको साथै डुवर्स एफए ग्रुप विजेता बनेर नक् आउट राउण्डमा पुग्यो। यस म्याचमा विजेता टीमबाट १६ वर्षीय जस्टिम मुण्डा र मिखिल छेत्रीले १-१ गोल गरे। अमृत मिञ्जको कप्तानीमा रहने डुवर्स एफए-का खेलाड़ीहरूले यस रोमाञ्चक म्याचमा पनि उत्कृष्ट प्रदर्शन गरे। यस म्याचमा डुवर्स एफए-को टीम प्रकाश लामाको मार्गदर्शनमा खेल्न ओर्लिएको थियो। जस्टिन मुण्डाले अहिलेसम्म लीगमा ५ गोल गरिसकेका छन्। यसबाहेक मिखिल छेत्रीले ४ अनि क्रिस सुब्बाले ३ गोल गरिसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement