अलीपुरद्वार: अलीपुरद्वार क्रेडिट को-अपरेटिभ सोसाइटीका प्रबन्धक तृप्तिकाना चौधरीको घरमा सीबीआईले शुक्रवार एक पल्ट फेरि छापा मारेको छ। जाँचकर्ताहरूले शुक्रवार बिहान तृप्तिकाना चौधरीको अलीपुरद्वार शहरको सूर्या नगर स्थित घरमा छापा माऱ्यो।
वस्तुतः सीबीआईका दुई अधिकारीहरूले लगभग पचास करोड़ रूपियाँको वित्तीय हिनामिना मामिला प्रबन्धकसित सोधपुछ गरिरहेका छन्। उल्लेख्य, ७ अक्टोबरमा जाँच टीमले वित्तीय भ्रष्टाचार मामिलामा अलीपुरद्वार शहर र उपनगरहरूमा ११ ठाउँ अभियान चलाएको थियो।

सीबीआई सूत्रहरू अनुसार, त्यस समय जफत गरिएका दस्तावेजहरूमा उसले धेरै विंसगतिहरू पाएको थियो। उक्त श्रोतको आधारमा जाँचकर्ताहरूले अलीपुरद्वार क्रेडिट को-अपरेटिभ सोसाइटीका प्रबन्धक तृप्तिकाना चौधरीसित सोधपुछ शुरू गरेको छ। सीबीआईले उनीसित सोधपुछ गरी वित्तीय हिनामिना मामिलामा साक्ष्य हासिल गर्ने प्रय़ास गरिरहेको बताइएको छ।