अपदस्थ ईडी अधिकारीको मामिला, बन्द कोर्ट रूममा सुनवाई

0101d120009ij3hgz8C04_W_750_0_Q70.webp

काेलकाता: नियुक्ति भ्रष्टाचार मामिलामा अभिषेक ब्यानर्जी विरूद्ध जाँचमा लापरवाही अपनाएको आरोपमा हटाइएका ईडी अधिकारी मिथिलेश कुमार मिश्राको मामिलामा शुक्रवार कलकत्ता हाईकोर्टमा फेरि सुनवाई भएको छ।

न्यायमूर्ति अमृता सिन्हाको एकल पीठमा बन्द कमरामा सुनवाई भएको छ। यसमा के-कस्तो कुरा भएको छ, यो थाहा लागेको छैन तर सूत्रहरू अनुसार, मिथिलेश कुमारको कन्डक्टलाई लिएर धेरै प्रश्नहरू सोधिएको छ।

ईडीले न्यायमूर्ति अमृता सिंहद्वारा एजेन्सीका सहायक निदेशक मिथिलेश कुमार मिश्रा विरूद्ध पारित आदेशको समीक्षाको निम्ति उच्च न्यायालयको दैलो ढकढकाएको थियो। त्यस आवेदनको मध्यनजर न्यायमूर्ति सिन्हाले शुक्रवार भनिन्, सुनवाई बन्द कमरामा हुनेछ। सुनवाई कक्षमा पक्ष र विरोधी पक्षका उकीलहरू बाहेक कोहीपनि उपस्थित रहनेछैन।

२९ सेप्टेम्बरमe जस्टिस सिन्हाले मिथिलेश कुमारलाई राज्यका सबै मामिलाहरूको जाँचको प्रभारदेखि हटाउने आदेश दिएकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement