हलिउड अभिनेता माइकल डगलसलाई सत्यजित रे एक्सीलेन्स इन फिल्म लाइफटाइम अवार्ड प्रदान गरिनेछ

iffi.jpg

नयाँ दिल्ली: हलिउड अभिनेता एवं निर्माता माइकल डगलसलाई सत्यजित रे एक्सीलेन्स इन फिल्म लाइफटाइम अवार्ड दिइने निधो गरिएको छ। गोवामा आयोजना हुने ५४औं अन्तरराष्ट्रिय फिल्म महोत्सवमा उनलाई प्रतिष्ठित सत्यजित रे एक्सीलेन्स इन फिल्म लाइफटाइम अवार्डले सम्मानित गरिने छ।

शुक्रवार केन्द्रिय सूचना एवं प्रसारण मन्त्री अनुराग ठाकुरले उक्त आशयको जानकारी साझा गर्दै भने, यो घोषणा गर्न पाउँदा खुसी लागिरहेको छ कि प्रतिष्ठित हलिउड अभिनेता तथा निर्माता माइकल डगलसलाई सत्यजित रे एक्सीलेन्स इन फिल्म लाइफटाइम अवार्डद्वारा सम्मानित गरिनेछ।

उनले भने, हाम्रो देशसित माइकल डगलसको गहिरो प्रेम रहिआएको सर्वविदितै छ। हामी ५४औं अन्तरराष्ट्रिय फिल्म महोत्सवमा हाम्रो समृद्ध सिनेमाली संस्कृति औ अनौठो परम्पराहरूलाई प्रदर्शन गर्नका लागि दक्षिण एशियाको सबैभन्दा प्रमुख फिल्म महोत्सवमा उनलाई, क्याथरिन जेटा जोन्स र उनको छोरालाई स्वागत गर्नको लागि उत्सुक छौं।

उल्लेखनीय छ, माइकल डगलस फिल्म एवं टेलिभिजनका अमेरिकी अभिनेता औ निर्माता हुन्। उनलाई एक एमी, एक गोल्डन ग्लोब तथा दुई एकाडेमी अवार्ड्स (पहिलो वर्ष १९७५ मा सर्वश्रेष्ठ फिल्म वान फ़्लियु ओभर द कुकूज़ नेस्टको निर्माताका रूपमा तथा वर्ष १९८७ मा वाल स्ट्रीटमा उनको भूमिकाको लागि सर्वश्रेष्ठ अभिनेताको रूपमा)-द्वारा सम्मानित गरिएको थियो। वर्ष २००९-मा डगलसलाई एएफआई जीवन उपलब्धि पुरस्कार प्राप्त भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *