गान्तोक: टिस्टा बाढी पीड़ितहरूको निम्ति विभिन्न संघ-संस्था, प्रतिष्ठान, संस्थान तथा व्यक्ति विशेषहरू अघि आएर मुख्यमन्त्री राहत कोष (सीएमआरएफ) मा योगदान दिइरहेका छन्।
यस क्रममा आज लाल बजार, गान्तोक निवासी मुकु अग्रवालले दश लाख रूपियॉं र केदार सोमानीले पॉंच लाख रूपियॉं प्रदान गरेका छन्। यसैगरी, स्टेट ब्याङ्क अफ् सिक्किमले दुई करोड़ रूपियॉं सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणलाई प्रदान गरेको छ।
मुख्यमन्त्री तामाङले सीएमआरएफमा योगदान दिने सबै संघ-संस्था र व्यक्तिहरूप्रति कृतज्ञता प्रकट गरेका छन्।