दलाई लामा ट्रस्टद्वारा सीएमआरएफमा दश लाख रूपियॉं प्रदान

front-slider-1.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले तिब्बती धर्म गुरु दलाई लामालाई सिक्किमका जनता र राज्य सरकारको तर्फबाट कृतज्ञता व्यक्त गरेका छन्। दलाई लामा ट्रस्टले सिक्किममा बाढी प्रभावित मानिसहरूको निम्ति दश लाख रूपियॉं मुख्यमन्त्री राहत कोषमा प्रदान गरेको छ।

मुख्यमन्त्रीले यस कठिन समयमा दयालु भावना र उदार समर्थनको निम्ति दलाई लामा धन्यवाद दिएका छन्। मुख्यमन्त्रीले परमपावन दलाई लामाको चिन्ता र प्रार्थनाले गहिरो प्रभाव परेको छ भनी बताएका छन्। उनले हामी उहॉंको दिगो कल्याण र खुशीको कामना गर्दछौ, किनकि उहॉंको बुद्धिमत्ता र करुणाले हामीलाई प्रेरित गरिरहन्छ अनि हामी आफ्नो मार्गमा अगाडि बढिरहन्छौ भनी बताएका छन्।

मुख्यमन्त्रीले भनेका छन्, ट्रस्टको अटल सहयोग हाम्रो समुदायको लागि ठूलो शक्ति र प्रेरणाको स्रोत भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *