सड़क दुर्घटनामा तृणमूल श्रमिक संगठनका पाँच नेता घाइते

Screenshot_20231013_210407_Chrome.jpg

अलीपुरद्वार: सड़क दुर्घटनामा तृणमूल श्रमिक संगठनका पाँच नेता गम्भीर रूपमा घाइते भएका छन्। घटना हिजो राति मदारीहाट क्षेत्रमा एशियन हाईवे-४८ मा घटेको हो। घाइते श्रमिक नेताहरूको नाम शिवराम नायक, बीरबल कुजूर, रोशन करकेटा, जुरन्ती नायक र डांगी नायक बताइएको छ। यसमध्ये एकको स्थिति गम्भीर बताइएको छ।

जानकारी अनुसार, बिहिवार जलपाइगढ़ीमा दीमा चिया कमानमा श्रमिकहरूको बोनसलाई लिएऱ बैठक बसेको थियो, जसमा सामेल हुनका लागि कालचीनी ब्लकको दीमा चिया कमानका तृणमूल श्रमिक संगठका यी नेताहरू गएका थिए। बैठकबाट घर फर्केको समय राति लगभग १२:३० बजी मदारीहाट क्षेत्रमा एशियन हाईवेमा एउटा गाड़ीले यिनीरूलाई कारलाई हिर्कायो। यस घटनामा कारमा सवार पाँचै नेता घाइते भए।

घटनापछि स्थानीय मानिसहरू र मदारीहाट थाना पुलिसले सबैलाई मदारीहाट अस्पताल लग्यो, जहाँबाट सबैलाई अलीपुरद्वार जिल्ला अस्पताल रेफर गरियो। अहिले जिल्ला अस्पातलमा यिनीहरूको उपचार भइऱहेछ। यसमध्ये एकको स्थिति गम्भीर हुँदा उसलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल रेफर गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *