गान्तोक। सदर पुलिस थाना क्षेत्र अन्तर्गत तादोङमा स्थानीय एक व्यक्तिको घरमा चोरी भएको छ। पीड़ित परिवार नाम्ची गएका थिए र फर्केर आउॅंदा घरमा चोरी भएको पाए।
पुलिस अनुसार, पीड़ित परिवारको घरबाट नगदसहित लगभग १ लाख ९९ हजार रूपियॉंको आभूषणहरू चोरी भएको छ। पुलिसले आईपीसीको धारा ४५७/३८० अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।