काेचबिहार: एक शिक्षकमाथि आफ्नी पत्नीको हत्या गरेको आरोप लागेको छ। घटना जिल्लाको पुन्डीबारी थाना क्षेत्रको बांसदाह क्षेत्रको हो। मृतकाको नाम रिम्पा सरकार (२०) बताइएको छ भने आरोपितको नाम उत्तम मण्डल रहेको छ।
उनी प्राथमिक विद्यालयका शिक्षक हुन्।
जानकारी अनुसार, लगभग दुई वर्षअघि उत्तम मण्डलको रिम्पा सरकारसित बिहे भएको थियो। बिहेपछि उत्तमले कथित रूपमा पत्नीलाई प्रताड़ित गर्नेगर्थ्यो, जसबाट वाक्क भएर रिम्पा आफ्नी आमाको घर गएकी थिइन् र त्यही बसिरहेकी थिइन्। पछि उसका पतिपनि पत्नीको साथ बस्न बीच-बीचमा ससुराली जान थाल्यो। हिजो राति दुवैले एकसाथ खाना खाए औं आफ्नो कमरामा सुत्न गए।
आज बिहान परिवारले कमरा बाहिर ताला झुण्डेको देखे। जसपछि परिवारले ताला फुटाएर कमरामा हेर्दा रिम्पाको शव कम्बल र सिरानीले ढाकेको र उत्तम आफ्नो कमरामा नरेहको पाए। उत्तमले रातिनै रिम्पाको हत्या गरी भागेको परिजनहरूले आरोप लगाएका छन्। घटनापछि पुन्डीबारी थाना पुलिस घटनास्थलमा पुग्यो र शवलाई पोस्टमार्टमको निम्ति पठाएको छ। पुलिसले आरोपित पतिलाई खोज्नु शुरू गरेको छ।