१२८ वर्षपछि ओलम्पिकमा फर्कियो क्रिकेट

00-Cricket-2

मुम्बई: लस एन्जलस २०२८ ओलम्पिकका लागि अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को बैठक मुम्बईमा भएको छ। यस बैठकले क्रिकेट, झण्डा फुटबललगायत पाँच खेललाई समावेश गर्ने प्रस्ताव स्वीकृत गरेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको कार्यकारी बोर्डले यसको पुष्टि गरेको छ। लस एन्जलस 2028 ओलम्पिक आयोजकहरूले यस हप्ता भने, ‘तिनीहरू क्रिकेट, फ्ल्याग फुटबल, ल्याक्रोस, स्क्वास र बेसबल-सफ्टबल कार्यक्रममा समावेश गर्न चाहन्छन्। अहिले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले यसलाई अनुमोदन गरिसकेको छ। यी प्रस्तावहरूलाई आईओसीको कार्यकारी बोर्डले प्याकेजका रूपमा स्वीकार गरेको छ,’ आईओसीका अध्यक्ष थोमस बाचले कार्यकारी बोर्ड बैठकपछि पत्रकार सम्मेलनमा भने। केही वर्ष पहिले आईओसी नियमहरू अन्तर्गत, प्रत्येक आयोजक शहरले खेलहरूको संस्करणको लागि धेरै खेलहरू समावेश गर्न अनुरोध गर्नसक्छ। सन् १९०० मा हुने ओलम्पिकमा क्रिकेटलाई समावेश गरिएको थियो। तर, त्यसपछि क्रिकेटलाई ओलम्पिकको हिस्सा बनाइएन। अब फेरि एकपटक ओलम्पिकमा तातिनेछ। यो टी–२० ढाँचामा खेलाइनेछ। बेसबल धेरै पटक ओलम्पिकमा समावेश गरिएको छ। यसलाई २०१२ र २०१६ मा हटाइयो। २०२० मा फेरि थपियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement