नशामुक्ति केन्द्रमा किशोरको कुटैर हत्या गरेको आरोप

IMG-20231013-WA0224.jpg

काेचबिहार: नशामुक्ति केन्द्रमा एक किशोरको कुटेरै हत्या गरिएको मामिला अघि आएको छ। घटना शुक्रवार तुफानगंज शहर संलग्न अन्दरानफुलबाड़ी-१ नम्बर ग्राम पञ्चायतको दरियाबलाई क्षेत्रको हो।

मृत किशोरको नाम सैफुल अली (१७) बताइएको छ। घटनापछि मृतकको परिवार र स्थानीय मानिसहरूले नशामुक्ति केन्द्रमा जमेर तोड़फोड़ गरे।

स्थानीय सूत्रहरू अनुसार, सैफुललाई मदिरा र गांजाको लत लागेको थियो। उसलाई लतदेखि बाहिर निकाल्नका लागि परिजनहरूले उसलाई नशामुक्ति केन्द्रमा पठाएका थिए। शुक्रवार नशामुक्ति केन्द्रबाट सैफुलका परिजनहरूलाई फोन गरी उसको स्थिति गम्भीर छ र उसलाई उस्पतालमा भर्ती गराइएको जनाइयो। जब परिजनहरू अस्पताल पुगे तब सैफुलको मृत्यु भएको बताइएयो।

परिवारले आरोप लगाएको छ, सैफुलको शरीरमा गम्भीर चोटको निशान छ। उसलाई नशामुक्ति केन्द्रमा कुटिएको छ, जसबाट उसको मृत्यु भएको हो। घटनापछि परिवार र उत्तेजित भीड़ले नशामुक्ति केन्द्रमा तोड़फोड़ शुरू गरे। पछि तूफानगंज थानाबाट पुलिस बल घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लियो। तूफानगंज थाना पुलिसले अघिको कारबाही शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement