दार्जिलिङ: दार्जीलिङ विधानसभा क्षेत्रका विभिन्न रोगबाट पीढीत रोगीहरुलाई विधायक जिम्बाको कोषबाट आर्थिक सहयोग प्रदान गरिएको छ। दार्जीलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बामार्फत् आफ्नो विधानसभा क्षेत्रमा बिरामीहरुलाई उपचारको निम्ति मुख्यमन्त्री राहत कोषबाट आर्थिक सहयोग प्रदान गरिरहेका छन्। यसै क्रममा दार्जीलिङ निवासी देविका छेत्री लाई रूपियाँ ८७,०००/- राशि सहयोग प्राप्त भएका छन्। त्यसरी नै ऋषिहाट दार्जीलिङ निवासी नवामी तामाङलाई आफ्नो उपचारको निम्ति विधायक निरज जिम्बालाई आर्थिक सहयोगको निम्ति अपिल गरेका थिए। विधायक जिम्बाद्वारा पीडित नवामी तामाङको अपिललाई स्वीकार्दै सहयोगको निम्ति आवश्यक कागजपत्रसहित मुख्यमन्त्री राहत कोषको निम्ति पत्राचार गरेपछि पीडित सन्ध्या गुरुङको निम्ति रुपियाँ ८७,०००/- आर्थिक सहयोग प्राप्त भएका छन्। यस सहयोगको निम्ति पीढीत परिवारले विधायक निरज जिम्बाप्रति आभार व्यक्त गरेका छन्। दार्जीलिङ चाँदमारी निवासी दिपंकर प्रधानले उपचारको निम्ति रूपियाँ ८७,०००/- आर्थिक सहयोग प्राप्त गरेका छन्। दार्जीलिङ पुबुङ पाटक निवासी छोगेल लोप्चेनले पनि आफ्नो उपचारको निम्ति रूपियाँ १,००,०००/- सहयोग राशि प्राप्त गरेका छन्। यसै क्रमा दार्जीलिङ होलमेडेन रोड निवासी रचना प्रधानले आफ्नो उपचारको निम्ति रूपियाँ ६६,०००/- आर्थिक सहयोग प्राप्त गरेका छन्। दार्जीलिङ लेबोङ कार्ट रोड निवासी मञ्जु गुरुङले रूपियाँ ३५,०००/- आर्थिक सहयोग राशि प्राप्त गरेका छन् भने दार्जीलिङ सिङताम चियाबारी निवासी प्रभा देवानले आफ्नो उपचारको निम्ति रूपियाँ १,००,०००/- आर्थिक सहयोग प्राप्त गरेका छन्।