दार्जिलिङ: केही दिन अघि कालेबुङका दुईजना पत्रकारहरूमाथि भएको हमलाको विरोधमा भारतीय जनता युवा मोर्चाद्वारा दार्जीलिङमा पोस्टरिङ गरिएको छ। भारतीय जनता युवा मोर्चा दार्जीलिङ जिल्ला कमिटीद्वारा विगतमा राष्ट्रिय राजमार्ग्-१० अन्तर्गत गेल खोलामा भएको पत्रकारमाथि भएको घटनाको विरोधमा दार्जीलिङमा पोस्टरिङ गरिएको छ। भाजयुमो राज्य समिति कार्यकारी सदस्य सञ्जीव लामाद्वारा प्रेस भेलालाई सम्बोधन गर्दै पत्रकारहरूमाथि भएको हमलाको घोर विरोध जनाएका छन्। उनले पत्रकारहरूमाथि हमला गरेर उल्टै पत्रकारहरूमाथि एफआईआर गर्नु त्यो पनि धारिलो हात हतियारले हमला गरेको भनेर एफआईआर गर्नु हाँस्यस्पद र निन्दनीय रहेको बकाएका छन्। युवा मोर्चाका सञ्जीव लामाले अघि भने, गेल खोला घटनामा पत्रकारहरूमाथि भएको हमलाको घटना भिडियो सार्वजनिक भएर सबैलाई याद छ तर उल्टै पत्रकारहरूमाथि यस्तो आरोप लगाउनु यो एकदमै निम्न तहको राजनीति हो र यस्तो दार्जिलिङ पहाड़मा देखिएको थिएन।’

उक्त पोस्टरिङ कार्यक्रममा भाजयुमो जिल्ला अध्यक्ष निरज राई, उपाध्यक्ष सुपेन्द्र प्रधान, कोषध्यक्ष सवन सुब्बा, जिल्ला समिति रोशन गुरुङ, मिडिया प्रभारी सञ्जय शर्मा आदिको उपस्थिति रहेको थियो।