४२ नम्बर समष्टिको नरदुङ बस्ती निवासी वृध्द दम्पतिलाई शौचालय र चुहुने घरमा छानो लगाई दिने अजय एडवाडर्सले दिए वचन

IMG-20231013-WA0271.jpg

दार्जीलिङ: वृध्द दम्पतिलाई शौचालयको निर्माण र चुहुने घरमा नयाँ छानो लगाई दिने अजय एडवाडर्सले वाचा गरेका छन्। ४२ नम्बर समष्टि अन्तर्गत पर्ने नरदुङ बस्ती निवासी वृध्द दम्पतिहरू धेरै अभाव र समस्याहरूसँग जिउँदै आईरहेका छन्। वृध्द दम्पतिको अवस्था सुन्ने बित्तिकै हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्स वृद्व दम्पतिको घर पुगेका छन्। वृध्द दम्पतिसँगको बातचीतमा वृध्दा बोजुले विगत चार वर्षदेखि आफुले आँखा नदेखेको र पतिको साहारामा घर बाहिरभित्र गर्ने गरेको आदि जस्ता आफ्नो कथा सुनाए। वृध्द बोजुले भनिन् गत २०२० आफु हाई प्रेसरको बिमारी रहेको अनि उनले हाई प्रेसरको दवाई नियमित रूपमा सेवन गर्दै आईरहेका थिए। तर कोरोना संक्रमणकालमा दवाईको अभावमा आफुले दवाई खान छोड्दा अचानक उनलाई सुगरको बिमारले छोपेको पनि बताइन्।यसै अवधि विस्तार विस्तार सुगरले वृध्दा बोजुको आँखामा असर पार्दै गए। त्यसैबीच उनको दुई आँखाको रोशनी हराएको उनी बताउँछिन। वृध्द बोजुको छोरीले आफ्नो आमाको आँखा ठीक हुन्छ कि भन्ने आशा लिएर डाक्टर कहाँ लिएर गइन् अनि डाक्टरले उनको आँखाको अप्रेशन समेत गराए। तर उनको आँखाको रोशनी फर्केर आएन। अहिले वृध्दा बोजुको साहारा उनकै वृध्द पति भएको छ। पतिकै साहाराले शौचालय आदि जाने गरेको उनी बताउँछिन्। शौचालय घरदेखि निकै टाडो रहेकोले पानी झरीमा अथवा रातको समयमा धेरै समस्या हुने गरेको वृध्दा बोजु बताउँछिन्। आफुले भोग्न परिरहेको समस्याबारे स्थानीय मानिसहरूलाई उनले बताउँदा स्थानीय गाउँलेहरूले शौचालय निर्माणको ज्ञापन पत्र सम्बन्धित विभागीय अधिकारी समक्ष चढाएका छन् भन्ने जानकारी अजय एडवाडर्सलाई गराए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले वृध्द दम्पतिको निम्ति पक्का शौचालयको निर्माण गरी दिने वाचा दिए साथै चुहुने घरमा नयाँ छानो लगाई दिने पनि वचन दिएका छन्। यस अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्ससंग कालेबुङ क्षेत्रका पार्टी कार्यकर्ताहरू पनि उपस्थित थिए अनि पार्टी कार्यकर्ताहरूलाई वृद्व दाम्पति को निम्ति शौचालय र घरमा छानो लगाउने कार्य शुरू गरिदिई हाल्ने अनुरोध पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement