पत्रकारहरूमाथि भएको कुटपीटको घटनालाई गणतन्त्रमाथि आक्रमण भएको हो: श्याम गौतम
दार्जीलिङ: पत्रकारहरूमाथि कुटपीटको घटनालाई विरोध जनाउँदै हाम्रो पार्टीको कार्यकर्ताहरूले कालो पट्टी बाँधेर पत्रकार सम्मेलन गरेका छन्। गत केही दिन अघि कालेबुङका दुई पत्रकारहरू खबर संग्रह गर्न गेल खोला पूगेका थिए। त्यस अवधि उनीहरूमाथि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरूले अपशब्दहरूको प्रयोग गर्दै कुटपीट गरेका थिए भन्दै प्रेसको स्वतन्त्रतामाथि आक्रमण भएको बताउँदै आज पत्रकारहरूको संगठनहरूले विरोध जनाएका छन् भने हाम्रो पार्टी पनि पत्रकारहरूको पक्षमा खडा भएको भन्दै कालो पट्टी बाँधेर पत्रकार सम्मेलन गरेका छन्।कालेबुङको हाम्रो पार्टी कार्यालयमा पार्टी केन्द्रीय प्रवक्ता श्याम गौतमले एक पत्रकार सम्मेलन डाकेर पत्रकारहरूमाथि भएको कुटपीटको घटनालाई गणतन्त्रमाथि आक्रमण भएको बताएका छन्। यस अवधि हाम्रो पार्टी केन्द्रीय प्रवक्ता श्याम गौतम र उनीसंग रहेका कार्यकर्ताहरूले पनि कालो पट्टी बाँधेर आफुहरू पिढीत पत्रकारहरूको पक्षमा रहेको बताएका छन्। पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी केन्द्रीय प्रवक्ता श्याम गौतमले भने, पत्रकारहरूमाथि कुटपीट गरेको घटनाहरू हामीले सामाजिक सञ्जालहरूमा देख्दै आईरहेका छौं। पत्रकारहरूमाथि भएको कुटपीटको घटनाले सम्पूर्ण पहाडवासीहरूले आफुहरूलाई असुरक्षित रहेको अनुभाव गरिरहेकी छन्। पत्रकारहरूमाथि भएको कुटपीटको घटनाले हामी चुप लागेर बस्न सकेनौं। सत्ताको आढमा पत्रकारहरूलाई दबाउने कार्यहरू भईरहेको छ। हामीले पत्रकारहरू सुरक्षित रहनुपर्छ। पहाडमा जिउँदो राजनीति हुनुपर्छ भन्ने विषयलाई ध्यानमा राखेर हामीले कालो पटटी बाँधेर घटनाको विरोध जनाएका हौं।’ प्रवक्ता श्याम गौतमले अघि भन्, गणतन्त्रमा पत्रकारितालाई देशको चौथो स्तम्भ मानिन्छ तर पहाडमा पत्रकारहरूमाथि कुटपीट गर्ने जस्ता कार्यहरू भईरहेको छ।जीटीएको सत्तामा बस्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको यस्तो कुकार्यले गोर्खा जातिमाथि कलंक लगाउने कार्यहरू गरी रहेको छ। त्यसैले आजको दिनलाई हामी कालो दिन बताउँछौं।’ उनले अझ भने, ‘प्रेसको माध्यमद्वारा तिमीहरूले नयाँ सोच र नयाँ विचारको प्रसार प्रचार गरयौं। आज सत्तामा पुगेपछि पत्रकारहरूले बोकेको क्यामारालाई तिमीहरूले धारिलो हतियार देख्यौ?भन्दै हाम्रो पार्टी केन्द्रीय प्रवक्ता श्याम गौतमले प्रश्न तेर्साएका छन्।