डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इभाना ट्रम्पको निधन

Donald-Trupm-first-wife

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी पहिलो पत्नी तथा तीन सन्तानकी आमा इभाना ट्रम्पको ७३ वर्षको उमेरमा निधन भएको छ। ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा उनको सम्झनामा सन्देश लेखेका छन्। उनले लेखेका छन्, “उनी एक शानदार महिला, सुन्दर र अद्भुत थिइन्, जसले उत्कृष्ट र प्रेरणादायी जीवन बिताइन्।” इभाना ट्रम्पको जन्म चेक रिपब्लिकमा भएको थियो र उनले सन् १९७७ मा डोनाल्ड ट्रम्पसँग विवाह गरेकी थिइन्। तर, १५ वर्ष सँगै बसेपछि सन् १९९२ मा उनीहरुको सम्बन्धविच्छेद भयो। इभाना ट्रम्प र डोनाल्ड ट्रम्पका तीन सन्तान छन्। डोनाल्ड जूनियर, इभान्का र एरिक ट्रम्प। अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार उनको मृत्यु कुनै आकस्मिक कारणले भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। डोनाल्ड र इभाना सन् १९८० देखि १९९० को दशकसम्म न्युयोर्कका चर्चित व्यक्तित्व थिए र उनीहरुको सम्बन्धविच्छेदको खबरले निकै चर्चा पायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement