श्रम बलमा महिलाहरूको अंशदारी बढ़ेर अब ३७ प्रतिशत

Women_Workers_630_630.jpg

नयाँ दिल्ली: भारतमा यस वर्ष २०२३- मा महिलाहरूको श्रम बल अंशदारीमा उल्लेखनीय सुधार आएको छ। गत ९ अक्टोबरमा सांख्यिकी औ कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी श्रम बल सर्वेक्षण रिपोर्ट- २०२२-२३ अनुसार देशमा महिला श्रम बल अंशदारी दर ४.२ प्रतिशत बढ़ेर ३७ प्रतिशत पुगेको छ।

जबकि वर्ष २०२१-२२ मा यो दर ३२.८ प्रतिशत थियो।

महिला एवं बाल विकास मन्त्रालय अनुसार महिला श्रम बल अंशदारी दरमा यो महत्वपूर्ण छलाङ्ग सरकारको दीर्घकालिक सामाजिक, आर्थिक औ राजनीतिक विकासका नीतिगत उपायहरूको माध्यमबाट सुनिश्चित भएको छ। महिला सशक्तिकरण सुनिश्चित गर्नका लागि सरकारद्वारा निर्धारित निर्णायक एजेण्डाको कारणले श्रम बलमा महिलाहरूको अंशदारीमा बढ़ोत्तरी भएको छ।

सरकारको पहलमा युवतीहरूको शिक्षा, कौशल विकास, उद्यमिता सुविधा औ कार्यस्थलमा सुरक्षा सामेल छन्। यी क्षेत्रहरूमा नीति एवं कानूनले सरकारको ‘महिला-नेतृत्वाधिन व विकास’ एजेण्डालाई अग्रगामी बनाइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement