लाचेनबाट फर्किए ८ सदस्यीय चिकित्सकहरूको टोली

n5468728341697193341074201b59df778112922d51fa7c0a13f81f6b9824d356f16a48513bc52c0334ecf1.jpg

मंगन: उत्तर सिक्किमको लाचेनमा फसेका मानिसहरूलाई चिकित्सा सेवा पुऱ्याएर स्वास्थ्य विभागका ८ चिकित्सकहरूको टोली फर्किएको छ। चिकित्सकहरूको टोलीलाई सेनाको हेलिकप्टरद्वारा आज बिहान मंगनको रिङहिम हेलिप्याडमा उतारिएको छ।

अतिरिक्त निदेशक डा. कर्म छाडेनको अगुवाईमा गएको चिकित्सकहरूको टोली गत १० अक्टोबरदेखि १३ अक्टोबर बिहानसम्म लाचेनमा तैनात थिए। आफ्नो कर्तव्य सफलतापूर्वक पूरा गरेपछि चिकित्सहरू गान्तोकको निम्ति प्रस्थान भएका छन्।

आईपीआर विभाग अनुसार, चिकित्सकहरूको टोलीमा डा. जिग्मी दोर्जी तामाङ, डा. रजनी गुरूङ, डा. सोनाम छिरिङ, आम्ची फार्मासिस्ट छेवाङ रिन्जिङ, नर्स पेमा याङछेन भोटिया र एएनएस कर्मा पाल्मु भोटिया सामेल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement