अपरेशन अजय: इजरायलबाट २१२ नागरिकहरूलाई लिएर स्वदेश फर्कियो विमान

operation-ajay.jpg

नयाँ दिल्ली: इजरायलमा फसेका देशका नागरिकहरूको सुरक्षित घर फिर्तीको लागि शुरू गरिएको भारत सरकारको अपरेशन अजयले उदास मुहारहरूमा मुस्कान फर्काइदिएको छ। भारतीय नागरिकहरूलाई लिएर इजरायलबाट उड़ेको पहिलो विमानले शुक्रवार बिहान दिल्ली हवाईअड्डामा अवतरण गऱ्यो।

पहिलो विमानको माध्यमबाट २१२ भारतीयहरूलाई इजरायलबाट सुरक्षित ल्याइएको छ।

केन्द्रिय मन्त्री राजीव चन्द्रशेखरले इजरायलबाट फर्केका भारतीयहरूलाई स्वागत जनाए। केन्द्रियमन्त्रीले भने, नरेन्द्र मोदीको सरकारले कुनै पनि भारतीयलाई कहिल्यै पनि छोड़्नेछैन। प्रधानमन्त्री मोदी नागरिकहरूको रक्षा र उनीहरूको सुरक्षित घर फिर्तीप्रति प्रतिबद्ध छन्।

केन्द्रियमन्त्रीले भने, उनी विदेश मन्त्री डा. एस जयशंकर र उनको टीमप्रति आभारी छन्। साथै उनले विदेश मन्त्रालय, एयर इण्डियाको उक्त उड़ानका चालक दलप्रति पनि आभार व्यक्त गरे। इजरायलबाट फर्केकी सीमा बलसाराले भनिन्, उनी एयर इण्डियाको पक्षबाट तेल अवीवमा एयरपोर्ट म्यानेजरको रूपमा कार्यरत थिइन्। उनी त्यहाँ बितेका दश महिनादेखि बस्दै आएकी थिइन्। त्यहाँबाट हामीलाई बाहिर निकालियो। गत ४-५ दिनदेखिको त्यहाँको स्थिति तनाउपूर्ण भएको छ। हामीले त्यो स्थितिको सामना गऱ्यौं। उनको परिवार भारतमै बस्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement