काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो खेल खेल्न आज लाओस जाँदैछ।दिउँसो तीन बजे नेपाली टोली लाओस प्रस्थान गर्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।नेपाली टिमले बिहीबार घरेलु मैदान दशरथ रंगशालामा लाओससँग एक/एक गालेको बराबरी खेलेको थियो। नेपालले दोस्रो खेल ३० सितम्बर लाओसको घरेलु मैदानमा उसैसँग खेल्नेछ। यो खेल जितेमा नेपाल अर्को चरणमा प्रवेश गर्नेछ।