उत्तर सिक्किमको छातेनको निम्ति चिकित्सकहरूको टोली प्रस्थान

n5468119761697184778542f3edcdba8b1f760cd1576459077d99b837da2f6a8023896f9b91d9e6cc8c5d7a.jpg

गान्तोक: दक्षिण ल्होनाक झील फुटेर आएको बाढीले सड़क अनि पुलहरू ध्वस्त बनाएपछि उत्तर सिक्किमका लाचेन, लाचुङ, चुङथाङ र छातेन (लाचेन) सॅंग राज्यका अन्य ठाउॅंहरूको सम्पर्क टुटेको छ।

उक्त ठाउॅंहरूमा अहिले सेनाका हेलिकप्टरहरूद्वारा बचाउ एवं राहत कार्य जारी रहेको छ।

यस क्रममा शुक्रवार बिहान राजधानीको लिबिङस्थित सेनाको हेलिप्याडबाट स्वास्थ्य विभागका चिकित्सकहरूको एक टोली छातेनको निम्ति प्रस्थान भएको छ। टोलीमा दुईजना डाक्टर र दुईजना स्वास्थ्यकर्मी सामेल छन्। आपदापछि लाचेनमा चिकित्सा टीम अगावै तैनात रहेको छ भने आज अतिरिक्त एक टोली पठाइएको हो। हेलिकप्टरमा लाचेनका नागरिकहरूको निम्ति १००० केजी आवश्यक वस्तुहरू पनि पठाएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement