लाचुङमा फसेका पर्यटकहरूको अन्तिम समूह सकुशल फर्किए

n54650441616970983802302caa758eb923395e957f41033536224df792bcbd447958cdce91f1ba64c2352c.jpg

गान्तोक: सिक्किममा दक्षिण ल्होनाक झील फुटेपछि टिस्टा नदीमा आएको बाढीले विनाश मचाएको छ भने अझै पनि धेरै पर्यटक र स्थानीय मानिसहरू उत्तर सिक्किमका विभिन्न ठाउॅंहरूमा फसेका छन्।

भारतीय वायु सेनाका हेलिकप्टरहरूले फसेका मानिसहरूलाई उद्धार गर्न र बाढी प्रभावित क्षेत्रसम्म आवश्यक सामग्रीहरू पुऱ्याउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

यस क्रममा शुक्रवार बिहान उत्तर सिक्किमको लाचुङमा फसेका पर्यटकहरूको अन्तिम समूहलाई सुरक्षित उद्धार गरिएको छ। हेलिकप्टरले उद्धार अभियानको आफ्नो अन्तिम उडानमा ३८ जनालाई पाकिम ग्रीनफिल्ड हवाई अड्डामा उतारेको छ। अन्तिम समूहमा १४ जना स्थानीय नागरिकसहित ३८ जना पर्यटक सामेल थिए।

यस राहत एवं बचाउ कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पर्यटन विभागका तीन अधिकारी, टासका उपाध्यक्ष, एसएसडीएमएका नोडल अधिकारी पनि सुरक्षित फर्किआएका छन्। भारतीय वायु सेनाका हेलिकप्टरहरूले आज बिहान लाचुङसम्म चार उडानमा कुल १०० जनालाई सुरक्षित उद्धार गरेको छ।

उल्लेख्यनीय छ, उत्तर सिक्किमका अन्य ठाउॅंहरूमा फसेका पर्यटक र मानिसहरूको निम्ति बचाउ एवं राहत कार्य जारी रहेको छ। उत्तर सिक्किमका साथै पूर्व अनि दक्षिण सिक्किममा बाढी प्रभावित क्षेत्रहरूमा पनि बचाउ, राहत एवं पुनर्स्थापनाको कार्य जारी रहेको छ। ४ अक्टोबरका दिन आएको भयावह बाढीले सिक्किममा जनधनलाई व्यापक क्षति पुऱ्याएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement