पीसीएस र जुसद्वारा आईबीएममा श्रमदान गरियो

IMG-20231013-WA0000.jpg

गान्तोक: गत ४ अक्टोबरको बाढ़ले प्रभावित बनेको राज्यको चार जिल्लामा हाल राहतसँगै पुनर्निर्माण कार्य शुरु भइसकेको छ। यस क्रममा आज राज्यका पत्रकारहरूले पनि रम्फूको आईबीएम परिसरमा पुगेर श्रमदान गरेका छन्। प्रेस क्लब अफ् सिक्किम अनि जर्नलिस्ट युनियन अफ् सिक्किमका लगभग ४० जना पत्रकारहरूले उक्त क्षेत्रमा रहेका घरहरूबाट बाढ़ले ल्याएको लेदो निकाल्ने कार्य गरे। यस अवसरमा हाम्रो वार्तासँगै बोल्दा जर्नलिस्ट युनियन अफ् सिक्किमका अध्यक्ष भीम रावतले प्राकृतिक आपदाले निम्त्याएको यस संकटको घड़ीमा सबैले आ-आफ्नो पेशा छाड़ेर मानवताको नातामा आएर सहयोगको हात बढ़ाउनुपर्ने मन्तव्य पोखे। सोही विचारलाई अघि सार्दै आज आफूहरूले पनि एकदिन श्रमदान गर्ने निर्णय़ लिएको बताएका छन्। यसरी नै प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष शेखर खवासले यस प्राकृतिक प्रकोपको समयमा पत्रकारहरूले शुरुदेखि नै विभिन्न ठाउँको स्थितिबारे साझा गर्दै आफूहरूको कर्तव्य निर्वाह गरिरहेको जानकारी गराए। बाढ़ पीड़ितहरूको स्थितिलाई ध्यानमा राख्दै थप श्रमदान गर्ने निधो गरेर आज यसरी एकदिने कार्यक्रम तय गरेको उनले जानकारी गराएका छन्। जानकारी गराइन्छ, गत ४ अक्टोबरको दिन टिस्टा नदीमा आएको विनाशकारी बाढ़मा मुख्य रूपले सिङताम अनि रम्फूको आईबीएम क्षेत्रमा घरहरूमा भेल पसेपछि हाल ती घरहरू लेदोले भरिएको छ।

यस्तोमा राज्य सरकारसँगै विभिन्न संघ-संस्थाहरूले राहत कार्यमा हात बढ़ाइरहेको छ। कसरी हुन्छ बाढ़पीड़ितहरूलाई तत्काल सहयोग पुग्न सकोस् अनि उनीहरूको जीवन सामान्य बनोस् भन्ने सोंच लिएर सबैले सहयोगको हात बढ़ाइरहेका छन्। यस अवसरमा गेजिङका पत्रकारहरूले पनि सहयोगको हात बढाएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *