मन्त्री पीयूषले छात्रहरूलाई बाँड़े ७,७४९ साइकल साइकल

IMG-20230410-WA0169-11-300x172-3

गुवाहाटी: राज्यका सूचना एवं प्रसारण आदि मामिलाहरूका मन्त्री पीयूष हजारिकाले आज हैलाकान्दी जिल्लाका ७,७४९ छात्रबीच साइकल बाँड़ेर छात्रहरूलाई साइकल वितरण योजनाको औपचारिक शुरूआत गरे।

यस अवसरमा आयोजित एक भव्य समारोहलाई सम्बोधित गर्दै मन्त्री हजारिकाले भऩे, प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शन र मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको नेतृत्वमा हाम्रो सरकारले राज्यमा शिक्षा क्षेत्रको समग्र उत्थानको निम्ति अथक प्रयास गरिरहेछ। यस पहललाई हालमा बढाउँदै हाम्रो सरकारले राज्यमा ९औं कक्षाका छात्रहरूलाई ३.६९ लाख साइकल प्रदान गर्न कार्य शुरू गरेको छ। आज मलाई हैलाकान्दी जिल्लामा साइकल वितरण कार्यक्रमको औपचारिक उद्घाटन गर्ने सौभाग्य प्राप्त भयो। जसबाट ७,७४९ छात्र लाभान्वित भए। मलाई विश्वास छ कि यस पहलले न केवल सुदूर क्षेत्रहरूका छात्रहरूका लागि परिवहनको समस्या कम हुनेछ तर राज्यको शैक्षिक क्षेत्रमा पनि नयाँ जोश आउनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *