सिक्किमलाई जयगाउँबासीको सहयोग

IMG-20231013-WA0008.jpg

गान्तोक: सिक्किममा आएको आपदाको समयमा राज्य बाहिरदेखि पनि अनेकौ संघ, संस्थाहरु पनि सहयोगको निम्ति अघि आएका छन। आज जयगाउँ मर्चेन्ट एसोसिएसनका एक टोली सिक्किमको प्रमुख प्रवेशद्वार रम्फू पुगी तीन ट्रक राहत सामग्री राहत संकलन केन्द्रमा प्रदान गरेको छ। राहत सामग्रीमा घरमा प्रयोग हुने भाड़ा, ब्ल्ङयाकेट,कपड़ा, जूताहरु रहेको छ। आज पाक्योङ जिल्लापाल टाशी छोपेल, एसएसपी सोनाम ग्यामम्सो, रम्फू नगर पञ्चायत उप सभापती राधा प्रधान, वार्ड पार्षद पिन्कु प्रसादसहित अन्यअधिकारी र कर्मचारीहरुको उपस्थितिमा राहत संकलन केन्द्रमा जमा गरियो| मर्चेन्ट एसोसिएसनका प्रतिनिधिहरुले यस आपदाको समयमा पूरा जयगाँववासी साथ रहेको र मर्चेन्ट एसोसिएसनको अर्फबाट केही सहयोग गर्ने उद्देश्यले आएको बताए। गत २०११ को भूकम्पको समयमा पनि जयगाँवदेखि ठूलो सहयोगको साथ उत्तर सिक्किम पुगेकों जानकारी गराउँदै जरूरत परे अझ पनि सहयोग गर्नको निम्ति जयगाँव टीम तयार रहेको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement