मंगन जिल्लामा फँसेका ९९ जना पर्यटकहरूलाई सकुशल उद्दार गरियो

IMG-20231013-WA0005.jpg

गान्तोक: गत ४ अक्टोबरको दिन उत्तर जिल्लामा अवस्थित लोहनार्क झील परिसरमा बादल फाटेपछि टिस्टा नदीमा जलस्तरको वृद्धि भएको थियो, जसको कारण उत्तर जिल्लाको लाचेन, लाचुङ र चुङथाङ घुम्न गएका पर्यटकहरू फँसेका थिए। विशेष गरेर यातायात सुविधा नभएपछि घर फर्कन नसकेका पर्यटकहरूलाई मौसम राम्रो भएपछि त्यहाँबाट उद्दार गर्ने कार्य जारी रहेको छ। यसै क्रममा आज सेनाको हेलिकप्टरको माध्यमद्वारा ९९ पर्यटकहरूलाई सुरक्षित मंगन साथै पाकिम हवाइ अड्डामा ल्याइयो। यसरी नै सेनाको हेलिकप्टरले स्थानीयहरूलाई पनि उद्दार गर्दै आइरहेको छ। उल्लेखनीय छ, मंगन जिल्लाको विभिन्न स्थानमा फँसेका पर्यटकहरूलाई मौसमको खराबीले गर्दा तत्काल उद्दार गर्न सकिएको थिएन, तर मौसम राम्रो भएपछि सेनाको हेलिकप्टरको माध्यमद्वारा हाल पर्यटकहरूलाई ल्याउन कार्य युद्धस्तरमा जारी रहेको छ।

टिस्टा नदीमा जलस्तरको वृद्धि भएपछि मंगनदेखि लाचेन, लाचुङ पुग्ने सबै पुलहरू ध्वत भएपछि यातायात ठप्प बनेको थियो, जसको कारण विभिन्न स्थानमा फँसेका स्थानीय साथै पर्यटकहरूलाई उनीहरूको गनतव्यस्थलमा पुऱ्याउन सक्ने अवस्था थिएन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *